IME Life New

पूर्णिमा श्रेष्ठको मनास्लु हिमाल दोस्रो आरोहणमा नेपाल लाइफको सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खा जिल्लाको  मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८,००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी छिन ।
अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै छिन्।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका छन् भने हिमाल आरोही पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक जीवन बीमा कोष  भएको जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS