IME Life New

पूँजीकोष ११ प्रतिशत कायम गरेपछि मात्रै नगद लाभांश वितरण गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाला राष्ट्र बैंकले न्युनतम पूँजीकोषमा कम्तिमा एक प्रतिशत बफर कायम गरेपछि मात्रै नगद लाभांस वितरण गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांस स्वीकृत गर्ने सम्ब्नधी कार्यविधि २०७७ को पहिलो संशोधनमा यस्तो व्यवस्था थप गरेको हो ।

बैंक वित्तीय संस्थाहरुले कायम गर्नु पर्ने न्युनतम पूँजीकोषमा कम्तिमा एक प्रतिशत बफर कायम गर्नु पर्ने भएकाले तोकिएको न्युनतम पूँजीकोषमा कम्तिमा एक प्रतिशत बफर कायम गर्न उपयुक्त हुने हुँदा बैंक वित्तीय संस्थाहरुले प्रस्तावित नगद लाभांशको रकम घटाए पछि बाँकी रहने सुपरीवेक्षकीय समायोजन सहित पूँजीकोष कायम गरेपछि मात्रै नगद लाभांस घोषणा गर्न पाउने छन् । राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र फाइनान्सको हकमा पूँजीकोष ११ प्रतिशत वा सो भन्दा बढि कायम गर्नु पर्नेछ । त्यस्तै लघुवित्त वित्तिय संस्थाहरुले भने पूँजीकोष ९ प्रतिशत वा सो भन्दा बढी कायम गरेपछि मात्रै नगद लाभांस वितरण गर्न पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS