IME Life New

पुस महिनामा टार्गेट पुरा गर्ने अभिकर्तालाई नेपाल लाइफको आकर्षक इन्सेन्टिभ घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले टार्गेट पुरा गर्ने अभिकर्ता, व्यवसाय संयोजक, एजेन्सी म्यानेजरहरुलाई कम्तिमा अभिकर्ता व्याच देखि लिएर मोटरसाइकलसम्मको इन्सेन्टिभ दिने भएको छ । मंसिर महिनामा टार्गेट पुरा गरेका अभिकर्तालाई कम्तिमा पनि पिकनिक लैजाने निर्णय गरेको नेपाल लाइफले यस महिनामा भने सम्पुर्णलाई अभिकर्ता व्याच दिने भएको छ । यसका लागि अभिकर्ताले कम्तिमा पनि १० हजार रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गर्नु पर्ने हुन्छ । कम्पनीले अभिकर्ताले नियम अनुसार पाउने कमिशन सहित प्रोत्साहन स्वरुप यस्ता सुविधा दिने भएको हो ।

पुस महिनामा ४५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले तातो पानी हाल्ने स्टिलको भ्याकुम फ्लास्क प्राप्त गर्ने छन् । ७५ हजार रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले २२५० रुपैयाँ इन्सेन्टिभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै एक लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले ३३ सय रुपैयाँ र एक लाख ५० हजार रुपैयाँ आर्जन गर्नेले ४५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।

Esewa
Crest

एक लाख रुपैयाँ भन्दा माथि प्रत्येक थप एक लाख प्रथम बीमा शुल्कमा थप तीन हजार रुपैयाँ इन्सेन्टिभ प्राप्त गर्नेछन् । ५ लाख वा सो भन्दा बढी प्रथम बीमा शुल्क दिने अभिकर्तालाई एक थान आकर्षक लेदर व्याग प्राप्त गर्नेछन् । १० लाख वा सो भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्नेले लक्की ड्र मार्फत एक जना विजेताले हिरो स्प्लेण्डर मोटरसाइकल प्राप्त गर्ने छन् ।

विजनेस कोर्डिनेटरको हकमा पुस महिनामा हुने अभिकर्ता तालिममा ५ जना नयाँ अभिकर्ता सहभागी गराई कम्तिमा तीन जना अभिकर्ताहरुलाई सक्रिय गराई ति अभिकर्ता मध्येबाट ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन भयो भने कोर्डिनेटरले एक थान तालो पानि राख्ने भ्याकुम फ्लास्क प्राप्त गर्ने छन् ।

पुस महिनामा नियुक्त भएका तथा नविकरण भएका एजेन्सी म्यानेजरले पनि एक थान भ्याकुम फ्लास्क पाउने छन् । यस योजनामा संस्थागत अभिकर्ताहरु समावेश हुन पाउने छैनन् । उक्त नगद इन्सेटिभ रकममा नियम अनुसार १५ प्रतिशत कर कट्टा हुने कम्पनीले जनाएको छ । यसमा एकल बीमाशुल्क बापत दिइएको प्रिमियम गणना हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS