IME Life New

पुँजीबजारको दायरा बढाउन नेप्सेको पुनर्संरचना जरुरी, संस्थागत लगानीकर्ताको उपस्थिति न्यून

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरी पुँजीबजारको दायरा र आकार वृद्धि गराउन जरुरी देखिएको ठहर गरेको छ।

कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा यस्तो ठहर गरिएको हो। बजारको क्षेत्रगत विविधता बढाउने, धितोपत्र व्यवसायीको सेवा विस्तार, विदेशी लगानीकर्तालाई लगानीमा सहजता, वस्तु बजारका लागि नियमनकारी व्यवस्थाको सुदृढीकरण गर्न सरकारी स्वामित्वमा रहेको नेप्सेको पुनर्संरचना गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

धितोपत्रमा लगानीसम्बन्धी शिक्षा दिने प्रक्रियाको थालनी भएको प्रतिवेदनमा जनाइएको छ। ‘सूचीकृत कम्पनीको संख्या न्यून रहेको छ, उत्पादनमूलकलगायत बहुसंख्यक कम्पनीहरुले धितोपत्र निष्कासन गरेका छैनन्’, प्रतिवेदनमा उल्लेख छ।

पुँजीबजारमा केही म्युचुअल फन्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको कार्यालयले जनाएको छ। धितोपत्र दलालहरुको उपस्थिति लागत घटाउन सकिएको छैन र निजी क्षेत्रलाई प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायहरुले बनाउन सकेको देखिँदैन’, प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS