IME Life New

पिपल्स पावरद्वारा प्रबर्धित पुवा खोला दोश्रो आयोजनामा नेपाल बंगलादेश बैंकको एकल लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ: पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र वार्ड नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा निर्माण भैरहेको ४.९६ मेगावाट क्षमताको पुवा खोला दोश्रो जलविद्युत आयोजनामा ऋण लगानीको सम्झौता सम्पन्न भएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेड र आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड बीच उक्त ऋण सम्झौता भएको हो । ९० करोड कूल लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी भई आयोजना सम्पन्न हुनेछ ।

Esewa
Crest

ऋण सम्झौता कार्यक्रममा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतद्वय जबदि इक्बाल र सुरेन्द्र भुषण श्रेष्ठका साथै कम्पनीका तर्फबाट सञ्चालकद्वय टंक अर्याल र सन्तोषराज नेपालको समुपस्थितिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र कम्पनीको तर्फबाट अध्यक्ष विरेन्द्र बहादुर न्यौपानेले हस्ताक्षर गरेका थिए ।

४.९६ मेगावाट क्षमताको आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भई विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरी आयोजनाले करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS