IME Life New

पिपरा गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको आयोजनामा यही असार ११ गते (हिजो) मधेश प्रदेशको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले कृषि तथा पशुपन्छी बीमामा आगामी साउन १ गतेदेखि नै लागू हुनेगरी गाउँपालिकाले थप अनुदान उपलब्ध गराउने जानकारी दिए ।

Esewa
Crest

अध्यक्ष यादवले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा बाँकी रहने २० प्रतिशतमा कति अनुदान दिने भन्ने सम्बन्धमा बोर्डबाट निर्णय गरेर साउन १ गतेदेखि नै उपलब्ध गराउने बताए ।

उनले कृषि तथा पशुपन्छी बीमा गरेपछि क्षति भएमा बीमा दाबी पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिदै कृषकले गाउँमा नै बीमा गर्न पाउने गरी बीमा कम्पनीहरूलाई खटाउन बीमा समितिसँग आग्रह गरे ।

कार्यक्रमको सभापतित्व गदै बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र समाजमा पछि परेका समुदायलाई समेत बीमाको दायरामा ल्याउन स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी दिए ।

निर्देशक लालले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा विस्तार गर्न बीमा समितिले जिल्ला समेत तोकेर विभिन्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको जानकारी दिदै तोकिएको समयमा बीमा दावी भुक्तानी नपाएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा समितिमा जानकारी दिन आग्रह गरे । कार्यक्रममा पिपरा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखाका कार्यालयका कर्मचारीहरू, कृषक, महिला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS