IME Life New

पाेखरामा डेढ अर्ब लगानीमा अहिलेसम्मकै लक्जरी रिसाेर्ट ‘ले ग्ल्यामर’ आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । कैलाश ग्रुपले सराङकाेटमा निर्माणाधीन लक्जरी रिसाेर्ट ले ग्ल्यामर लक्जरी रिसाेर्ट एक वर्षपछि सञ्चालनमा आउने भएकाे छ। करिब डेढ अर्ब रुपैयाँकाे लगानीमा निर्माणाधीन रिसाेर्ट ग्रीन फिल्ड प्राेजेक्ट अवधारणा अन्तर्गत निर्माण भइरहेकाे छ।

कैलाश ग्रुपले ४९ प्रतिशत शेयर लगानी र बाँकी बै‌ंक कर्जा व्यवस्था गरेर कूल १ अर्ब ५५ कराेड ८० लाख रूपैयाँ रिसाेर्टमा लगानी गर्ने याेजना छ। हालसम्म बैंक कर्जामध्ये ६२ कराेड रूपैयाँ बैंक कर्जाकाे सुनिश्चितता प्राप्त गरि सकेकाे छ। थप १८ कराेड रूपैयाँकाे कर्जा प्रतिबद्धता चाँडै नै प्राप्त हुने रेटिङ एजेन्सी केयर रेटिङ्गसले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ।

Esewa
Crest

गत असार मसान्तसम्ममा हाेटलकाे निर्माणमा ७४ प्रतिशत भाैतिक प्रगती भइसकेकाे छ। यसका सञ्चालकले आगामी वर्षकाे भदाै महिनादेखि हाेटल सञ्चालनमा ल्याउने लक्ष्य लिएका छन् । निर्धारित समय र लागत भित्र निर्माणाधीन हाेटल परियोजना कार्यान्वयनमा ल्याउनु यसका प्रवर्द्धका लागी मुख्य चुनाैती हुने केयर रेटिङ्गसले टिप्पणी गरेकाे छ।

निर्माणाधीन रिसाेर्टमा उच्चस्तरीय लक्जरी रिसोर्टमा २७ वटा सुइट कोठा र ३ वटा भिल्ला(बेग्लै भवन) छन् जसमा सबै आधुनिक सुविधा, रेष्टुरेण्ट सुविधा सम्पन्न सभाहल, पौंडी पोखरी, जाकुजी, पुस्तकालय, याेगा हल, बालबालिकाकाे लागी खेलकुद केन्द्र, स्पा र अन्य सुविधा उपलब्ध रहेकाे छ। यो रिसोर्ट विश्वव्यापी मापदण्ड अनुसारकाे पाँच-तारे सम्पत्ती हुने अपेक्षा गरिएको छ।

हाेटलले ८६ कराेड रूपैयाँ बैंक कर्जा सुविधाका लागी गराएकाे वित्तीय क्षमता मूल्या‌ंकनमा केयर रेटिङ्गसले ८० कराेड दीर्घकालीन कर्जाका लागी केयर एनपि डब्बल बी माइनस बाँकी अल्पकालीन कर्जा रकमका लागी केयर एनपि एफाे रेटिङ दिएकाे छ। यस्ताे रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यमस्तरकाे जाेखिम विद्यमान रहेकाे अवस्थालाई स‌ंकेत गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS