IME Life New

पावरफुल इन्जिन, ४.९ सेकेन्डमा रफ्तार ! लन्च भयो आकर्षक लुक्ससहित ९ गियरवाला कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्सिडिज बेन्जले भारतमा मेबाक जीएलएस ६०० को नयाँ फेसलिफ्ट मोडल लन्च गरेको छ। आकर्षक लुक्स र शक्तिशाली फिचर्सले सुसज्जित यो कारको प्रारम्भिक मूल्य भारु ३.३५ करोड (एक्स शोरुम) तोकिएको छ। कम्पनीले अपडेटेड मेबाक जीएलएसमा केही कस्मेटिक अपडेटहरु दिएको छ। यसलाई पूर्ण रुपमा नयाँ इन्टेरियर र अपहोल्स्ट्री दिइएको छ।

कारको बाहिर केही ससाना परिवर्तन देख्छ। यसमा एयर इनटेक ग्रिलमा पूर्ण रुपमा नयाँ बम्पर र मेबाक लोगोको ढाँचा छ। यसको पछाडिको भागमा एलईडी सिग्नेचर टेल ल्याम्प र मेबाक स्पेसल टेल पाइप रहेको छ। स्ट्यान्डर्डका रुपमा यो कार ब्ल्याक, पोलार ह्वाइट र सिल्भर मेटालिक कलर अप्सनमा आउँछ। डुअल टोन पेन्ट शेडको अप्सन पनि उपलब्ध छ। कम्पनीले स्ट्यान्डर्ड मोडलमा २२ इन्चको चक्का दिएको छ। यसबाहेक क्लासिक गहिरो डिस मोनोब्लक २३ इन्चको मेबाक ह्विलको विकल्प पनि उपलब्ध छ।

Esewa
Crest

कम्पनीले यो कारको क्याबिनमा पनि कस्मेटिक परिवर्तन गरेको छ। यद्यपि, अधिक फोकस सफ्टवेयर र ट्रिम विकल्पहरुमा मात्र देखिन्छ। नयाँ स्टेयरिङ ह्विल, नयाँ डिजाइन गरिएको एसी भेन्ट, पछिल्लो पुस्ताको एमबीयूएक्स सफ्टवेयर र नयाँ ग्राफिक्सले यो कारलाई अझ राम्रो बनाएको छ। केही अतिरिक्त सुविधाहरुमा फिंगरप्रिन्ट सेन्सर र ह्यान्ड गेस्चर समावेश छन्। यसबाट प्रयोगकर्ताले एक टचमा केही फिचरसञ्चालन गर्न सक्छन्।

कारको पछाडिको सिटमा भेन्टिलेसन र कम्फर्ट फंक्सन दिइएको छ र यो सिट ४३.५ डिग्रीसम्म रिक्लाइन हुन सक्ने कम्पनीले जनाएको छ। जसले लामो दूरीको यात्रामा आरामदायी सवारी प्रदान गर्दछ। मर्सिडिजले बर्मेस्टर सराउन्ड साउन्ड सिस्टम, एमबीयूएक्स हाई–एन्ड रियर सिट मनोरञ्जन प्रणाली, उच्च–बिम असिस्ट सहितको मल्टिबिम एलईडी, थर्मल र साउन्ड इन्सुलेसनसहितको गार्ड ३६० डिग्री चोर प्रतिरोधी लेमिनेटेड सेफ्टी ग्लास, कम्फर्ट प्याकेज, अपग्रेडेड पार्किङ सिस्टमजस्ता फिचर समावेश गरिएको छ। पार्किङ जेन ५.० र अपग्रेडेड स्टेयरिङ ह्विल प्रदान गरिएको छ।
यो कारमा कम्पनीले ४.० लिटर क्षमताको ट्विन टर्बोचाज्र्ड भी८ इन्जिन दिएको छ। जसलाई विद्युतीय मोटरसँग जोडिएको छ। यो इन्जिनले ५५७ एचपी पावर र ७७० एनएमको टर्क जेनेरेट गर्छ। जबकि ४८भी इन्टिग्रेटेड स्टार्टरले यस इन्जिनमा २२एचपीको अतिरिक्त पावर र २५० एनएमको टर्क प्रदान गर्दछ। जसका कारण यो कार अझ शक्तिशाली बनेको छ। कम्पनीले यो इन्जिनलाई ९ स्पिड अटोमेटिक ट्रान्समिसन गियरबक्ससँग जोडेको छ। जसमा सबै पांग्र्रामा ४ म्याटिक प्रणाली जडान गरिएको छ।

यो कारले ४.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा गति लिन सक्ने कम्पनीको दाबी छ। यसको उच्च गति २५० किमी प्रतिघन्टा छ। कारमा स्ट्यान्डर्डका रुपमा अनुकूली डम्परहरु दिइएको छ। यसका साथै यस कारको सौन्दर्य बढाउन पछाडिको एप्रोनमा सजावटी ट्रिम, कालो क्रोम एएमजी ट्विन टेलपाइप्स र हिट इन्सुलेट गर्ने डार्क टिन्टेड ग्लास प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS