IME Life New

पाकिस्तानमा सरकारी स्वामित्वको पुनर्बीमकसहित तीनवटा बीमा कम्पनी निजीकरण गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानी सरकारले सरकारी स्वामित्वका तीनवटा बीमा कम्पनीमा रहेको लगानी विनिवेश (झिक्ने) निर्णय गरेको छ । र सरकारी स्वामित्व कायमै राख्न सम्बन्धित बीमकको सञ्चालक समितिले गरेको सिफारिसलाई अस्वीकार गरेको छ।

अर्थमन्त्री मुहम्मद औरङ्गजेबको अध्यक्षतामा बसेको सरकारी स्वामित्वको उद्यममा मन्त्रिपरिषद् समितिले तीनवटा सार्वजनिक क्षेत्रका बीमा कम्पनीलाई रणनीतिक र अत्यावश्यक घोषणा गर्न सञ्चालक समितिले गरेको सिफारिसहरूलाई पनि खारेज गरिदिएको स्थानीय अखबार एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

Esewa
Crest

मन्त्रिपरिषद् समितिले विस्तृत छलफलपछि नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टेट लाइफ इन्स्योरेन्स कर्पोरेशन र पाकिस्तान पुनर्बीमा कम्पनी लिमिटेडले रणनीतिक वा अत्यावश्यक सार्वजनिक संस्थाको मापदण्ड पुरा नगरेकाले अत्यावश्यक संस्थाको रूपमा वर्गीकरण नगर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वाणिज्य मन्त्रालयद्वारा नियन्त्रित पाँच सार्वजनिक संस्थामध्ये पाकिस्तान पुनर्बीमा कम्पनी र स्टेट लाइफ पहिले नै निजीकरण कार्यक्रममा समावेश गरि सकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS