IME Life New

पाकिस्तानमा निर्जीवन बीमकले दियो बीमा नियामकलाई अदालतमा चुनाैती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानी बीमा कम्पनी क्रिसेन्ट स्टार इन्स्योरेन्सले वित्तीय सेवा नियामक सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ पाकिस्तानद्वारा जारी गरिएको निर्देशनलाई कानूनी रूपमा चुनौती दिएको छ। नियामकले अवैधरूपमा क्रेडिट एण्ड सेक्युरिटी व्यवसाय अन्तर्गत नयाँ ग्यारेन्टी जारी गर्न रोक लगाएको भन्दै इन्स्योरेन्सले उच्च अदालतको ढोका ढकढक्याएको हो।

पाकिस्तानी समाचार पोर्टल पाकिस्तान टुडे डट कम डट पिकेमा प्रकाशित समाचार, निजी क्षेत्रको यो बीमकले नियामकले ऋण तथा सुरक्षण सम्बन्धि नियमको अपव्याख्याको आधारमा आदेश जारी भन्दै उत्प्रेषणको आदेश सहित खारेजीको माग गरेको छ।

Esewa
Crest

यो मुद्दा हाल इस्लामाबाद उच्च अदालतमा विचाराधीन छ। बीमकले पाकिस्तान स्टक एक्सचेन्जलाई पठाएको सूचनामा अदालतले प्रारम्भिक सुनुवाइका क्रममा नै नियामकविरूद्ध आदेश जारी गरिने आशा व्यक्त गरेको छ। यसअघि यसै प्रकृतिको अर्को एक मुद्दामा लाहोर उच्च अदालतबाट एक स्थानीय बीमा कम्पनीले राहत पाएको थियो।

इन्स्योरेन्सले आफ्नो ग्यारेन्टी व्यवसायको दृढतापूर्वक बचाउ गर्दै आफ्नो विवेकपूर्ण अन्डरराइटिङ अभ्यास र फ्याल्टेटिभ पुनर्बीमा व्यवस्थाको समर्थनलाई उल्लेख गरेको छ। कम्पनीले पछिल्लो तीन वर्षमा यो बीमा अन्तर्गत जम्मा २.५ प्रतिशत दाबी अनुपात रहेको तथ्य उल्लेख गर्दै आफ्नो ग्यारेन्टी व्यवसाय सबैभन्दा सुरक्षित व्यवसायमध्ये एक भएको जिकीर लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS