IME Life New

पाँच वर्ष पुरानो लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै आफ्ना शेयरधनीहरुलाई यस्तो जनाएको छ ।

बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ वर्षसम्म पनि शेयरधनीले लाभांश बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था भएको हुँदा नगद लाभांश नलिएका शेयरधनीलाई बैंकले बुझिलिन आग्रह गरेको हो ।

Esewa
Crest

बैंकले सुचना प्रकाशित भएको मितिले एक महीनाभित्र आफ्नो सक्कल नागरिकताका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंको शेयर शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

उक्त मितिसम्म आफ्नो लाभांश बुझिलिन नआउने शेयरधनीको उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS