IME Life New

पहिलो त्रैमासमा विपिडब्लु लघुवित्तको नाफा ६६ लाख ८८ हजारमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू ६६ लाख ८८ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी रू २५ लाख ८५ हजार नोक्सानीमा थियो ।

गत आर्थिक वर्षमा कम्पनीले रू २० लाख ८ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा बढेर रू ४९ लाख ४९ हजार पुगेको छ । चुक्ता पूँजी रू ३ करोड रहेको कम्पनीले जगेडामा रू ९ लाख ८७ हजार सञ्चिति गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू १६ करोड १५ लाख सापटी लिएर, रू ४ करोड ९१ लाख निक्षेप संकलन गरेर रू १८ करोड ९५ लाखभन्दा कर्जा लगानी गरेको छ ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS