IME Life New

पहिलो इलेक्ट्रिक कार ल्याउँदै फेरारी, मूल्य सुन्दा उड्छ होश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जब लग्जरी र तीव्र रफ्तार कारको कुरा हुन्छ तब फेरारीको नाम आउनु स्वभाविक नै हो। अहिलेसम्म पेट्रोलमा आइरहेको फेरारी अब इलेक्ट्रिफाइड हुने तयारीमा रहेको छ।

एउटा मोर्डन कार प्रसंशकका लागि फेरारीको इलेक्ट्रिक मोटरमा यात्रा भर्न सबैभन्दा सुखद् अनुभव हुन सक्छ। फेरारीले आउँदो वर्षसम्म बजारमा आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको छ। यसबीच फेरारीको इलेक्ट्रिक कारको मूल्यलाई लिएर एउटा रिपोर्ट सार्वजनिक भएको छ। जसले कारप्रेमीको होश उडाएको छ।

Esewa
Crest

रिपोर्टका अनुसार फेरारीको पहिलो इलेक्ट्रिक कारको मूल्य करिब ५ लाख युरो (७ करोड १५ लाख रुपैयाँबराबर)को आसपास हुनेछ। फेरारी आफ्नो पहिलो इलेक्ट्रिक कारका लागि एउटा नयाँ प्लान्टको सुरुआत गर्न गइरहेको छ। त्यसपछि आउँदो वर्षसम्म इलेक्ट्रिक कार बजारमा आउने अनुमान गरिएको छ।

हाल फेरारीको इलेक्ट्रिक कारमा के–कस्ता फिचर हुनेछन् भन्ने विषयमा कुनै खुलासा भएको छैन। तर, फेरारीप्रेमीहरु इलेक्ट्रिकको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS