IME Life New

पहिलोपटक माइक्रोसफ्ट बन्यो ३ ट्रिलियन डलरको कम्पनी, विश्वका ठूला ५ कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टको बजार पुँजीकरण पहिलोपटक ३ ट्रिलियन डलर माथि पुगेको छ।

माइक्रोसफ्टको शेयरभाउ बुधबार कारोबारका क्रममा १.७ प्रतिशतले बढेको थियो। योसँगै कमपनीको शेयरभाउ ४०५.६३ डलरले बढेको थियो। योसँगै कम्पनीको बजारपुँजीकरण ३ ट्रिलियन डलर पार गरेको हो।

Esewa
Crest

यद्यपि, कारोबार बन्द हुने क्रममा माइक्रोसफ्टको शेयरभाउ केही घटेर ४०२.५६ डलरमा बन्द भएको थियो। अहिले कम्पनीको बजार पुँजीकरण २.९९ ट्रिलियन कायम भएको छ।

बजार पुँजीकरणका हिसाबले माइक्रोसफ्ट विश्वको दोस्रो ठूलो कम्पनी हो। बजार पुँजीकरणका आधारमा एप्पल विश्वकै ठूलो सूचीकृत कम्पनी हो।
विश्वको तेस्रो ठूलो कम्पनी साउदी आरामको, चौथो गुगलको माउ कम्पनी अल्फाबेट र पाँचौँ कम्पनी अमेजन रहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS