IME Life New

पहिलोपटक ‘नक्कली सूर्य’बाट बिजुली उत्पादन गर्ने तयारी, सन् २०३० सम्म ग्रिडमा जोड्ने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन्। यदि सबै योजनाअनुसार चल्यो भने अमेरिकाको भर्जिनियाले सन् २०३० को प्रारम्भमा विश्वको पहिलो ग्रिड–स्केल न्युक्लियर फ्युजन पावर प्लान्ट स्थापना गर्न सक्छ। यो प्लान्टले भविष्यको स्वच्छ ऊर्जाको उपयोग गरी बिजुली उत्पादन गर्नेछ।

स्टार्टअप कमनवेल्थ फ्युजन सिस्टम्स (सीएफएस) ले मंगलबार यस्तो घोषणा गरेको हो। सीएफएस सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध न्युक्लियर फ्युजन कम्पनीमध्ये एक हो। कम्पनीले यो परियोजनामा अर्बौं डलर लगानी गर्नेछ।

Esewa
Crest

सञ्चालनमा आएपछि प्लान्टले ग्रिडसँग जोडेर ४०० मेगावाट उत्पादन गर्न सक्नेछ। कम्पनीका सीईओ बब मुमगार्डका अनुसार यो करिब १ लाख ५० हजार घरलाई बिजुली दिन पर्याप्त हुनेछ। ‘विश्वमा ग्रिड स्केलमा फ्युजन पावर उपलब्ध गराउने यो पहिलोपटक हुनेछ’, उनले भने।

भर्जिनियाका गभर्नर ग्लेन यङकिनले यो घोषणालाई भर्जिनिया र विश्वका लागि ऐतिहासिक क्षण भनेका छन्। यो प्लान्टले न्युक्लियर फ्युजनको व्यावसायीकरण गर्ने क्रममा नयाँ चरणको प्रतिनिधित्व गर्नेछ।

सूर्यजस्ता अन्य ताराले न्युक्लियर फ्युजनबाट मात्र शक्ति प्राप्त गर्छन्। तर, यो दिशामा बाटो अझै सजिलो छैन। विश्वलाई स्वच्छ र प्रचुर मात्रामा उर्जा स्रोतको आवश्यकता छ। जसले जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्न सक्छ।

न्युक्लियर फ्युजनको प्रविधिले यस्तो प्रतिज्ञा गर्छ। यसमा न्युक्लियर कणहरुबाट फ्युजन गरेर ऊर्जा उत्पन्न हुन्छ। यसमा हाइड्रोजन प्रयोग गरिन्छ। यस प्रक्रियाका लागि टोकमाक भनिने डोनट आकारको मेसिन प्रयोग गरिन्छ।

फ्युजन ऊर्जा लगभग असीमित छ। यसले वातावरणलाई तातो गर्दैन र वर्तमानमा प्रयोग गरिएको विखन्डन प्रविधिहरु जस्तै रेडियोधर्मी फोहोर छोड्दैन। यद्यपि, यसलाई अनुसन्धान परियोजनाबाट व्यावसायिक प्रयोगमा लैजान अत्यन्त चुनौतीपूर्ण साबित भएको छ।

सीएफएसले फ्युजन रातारात नहुने जनाएको छ। एमआईटीबाट सन् २०१८ मा छुट्टै स्थापना भएको यो स्टार्टअपले हालसम्म २ अर्ब डलरभन्दा बढी संकलन गरेको छ। तीव्र गतिमा प्रगति भइरहेको कम्पनीको दाबी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS