IME Life New

पहिले भारतका बीमकले अंग्रेजको मात्रै गर्थे बीमा, कसरी भारतीयले पाए यो अधिकार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जब भारतमा जीवन बीमाको कुरा हुन्छ तब मानिसहरुको दिमागमा पहिलो नाम आउँछ– भारतीय जीवन बीमा निगम (एलआईसी)। आज एलआईसी भारतको सबैभन्दा ठूलो बीमा कम्पनी हो। एलआईसी ६८ वर्षपहिले सेप्टेम्बर १, १९५६ मा स्थापित भएको थियो। स्वतन्त्रतापछि बीमा क्षेत्र अत्यन्तै कठिन चरणबाट गुज्रिरहेको बेला र एलआईसीको आगमन पछि यस क्षेत्रमा अभूतपूर्व परिवर्तन देखा परेको समयमा यो स्थापना भएको थियो।

भारतमा पहिलोपटक बीमा कहिले सुरु भएको थियो ?

Esewa
Crest

सन् १८१८ मा इंग्ल्यान्डबाट पहिलोपटक भारतमा बीमा आयो। त्यतिबेला युरोपियनहरुका तर्फबाट कलकत्ता (अहिले कोलकाता) मा ओरिएन्टल लाइफ इन्स्योरेन्स कम्पनी स्थापना भएको थियो। यो कम्पनीले युरोपेली व्यक्तिको मात्रै बीमा गर्दथ्यो। यसअन्तर्गत भारतीयहरुको बीमा गरिएको थिएन।

भारतीयहरुले उच्च प्रिमियम तिर्नुपर्थ्यो

त्यसपछि बाबु मुत्तिलाल सिलजस्ता चर्चित व्यक्तिहरुको प्रयासले विदेशी बीमा कम्पनीहरुमा भारतीयहरुको बीमा सुरु भए पनि प्रिमियम युरोपेलीहरुको भन्दा बढी लिइयो। पछि सन् १८७० मा यो समस्यालाई ध्यानमा राख्दै बम्बे म्युचुअल लाइफ एस्योरेन्स सोसाइटीले एक भारतीय बीमा कम्पनी स्थापना गर्यो, जसमा भारतीयहरुलाई सामान्य दरमा बीमा दिइयो। विस्तारै राष्ट्रवादको उदय फैलियो र सन् १८८६ सम्म देशमा धेरै भारतीय बीमा कम्पनीहरु स्थापना भए।

बीऔँ शताब्दीमा बढ्यो व्यापार

बीसौँ शताब्दीको सुरुमा बीमा व्यवसायमा राम्रो वृद्धि भएको थियो। कम्पनीको संख्या बढेर ४४ पुग्यो र करिब भारु २२ करोड ४४ लाखको कारोबार भयो। पछि यी कम्पनीको संख्या बढेर १७६ पुग्यो र सन् १९३८ सम्म भारु २९८ करोडको व्यापार भयो। यो समय बीमा कम्पनीहरुको आर्थिक अवस्था राम्रो थिएन।

सन् १९४७ मा भारत स्वतन्त्र भयो। त्यसपछि सरकारले बीमा कम्पनीहरुलाई राष्ट्रियकरण गरी २४५ बीमा कम्पनीलाई गाभेर जीवन बीमा संस्थान ऐन (एलआईसी ऐन) मार्फत भारु ५ करोड पुँजीमा एलआईसी स्थापना गरेको थियो।

सन् १९५६ मा एलआईसीको स्थापना

एलआईसीको स्थापनाको उद्देश्य भारतका प्रत्येक नागरिकलाई विशेषगरी ग्रामीण क्षेत्रमा सही मूल्यमा बीमा सुविधा उपलब्ध गराउनु थियो। सन् १९५६ मा कर्पोरेट कार्यालयबाहेक एलआईसीको ५ क्षेत्रीय कार्यालय, ३३ डिभिजनल कार्यालय र २१२ शाखा कार्यालयहरु थिए।

एलआईसीको २ हजार ४८ शाखा

एलआईसीको आधिकारिक वेबसाइट अनुसार आज भारतको सबैभन्दा ठूलो बीमा कम्पनीको २ हजार ४८ शाखा कार्यालय, ११३ डिभिजन कार्यालय, ८ क्षेत्रीय कार्यालय र १ हजार ३८१ स्याटेलाइट कार्यालय र कर्पोरेट कार्यालय छन्। यसको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी छ। एलआईसीको कुल सम्पत्ति अन्तर्गत व्यवस्थापन (एयूएम) ५९ लाख करोडभन्दा बढी छ।

एलआईसीको आइपीओ सन् २०२२ मेमा आएको थियो। यसको आकार भारु २१ हजार करोड थियो। यो भारतीय शेयर बजारको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हो। एलआईसीको हालको बजार पुँजीकरण भारु ६.७३ लाख करोड छ। पछिल्लो १ वर्षमा एलआईसीको शेयरले ६४.४२ प्रतिशत प्रतिफल दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS