IME Life New

पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउन कुमारी बैंक र ठमेल पर्यटन विकास सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।

उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने भएको छ।

Esewa
Crest

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँसम्म रहने बैंकले जनाएको छ। उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।

आफ्ना देशव्यापी १९२ शाखा संञ्जाल, १५६ एटिएम, २३ शाखा रहित बैंकिंग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराइरहेकोे कुमारी बैंकले स्थानिय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको बिकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS