IME Life New

पतञ्जलीको १४ उत्पादनको लाइसेन्स रद्द, भ्रामक विज्ञापन गरेको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जली आयुर्वेद र दिव्या फार्मेसीका १४ वटा उत्पादनको लाइसेन्स रद्द गरेको छ। उत्तराखण्ड सरकारले सोमबार साँझ भारतको सुप्रिम कोर्टमा यसबारे पत्र पठाएको छ।

उत्तराखण्ड सरकारको लाइसेन्स प्राधिकरणले पनि सोमबार पतञ्जलीका ती उत्पादन प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ। आदेशमा भनिएको छ, ‘पतञ्जली आयुर्वेदका उत्पादनहरुबारे पटक–पटक भ्रामक विज्ञापन प्रकाशित गरेपछि कम्पनीको लाइसेन्स रोक्का गरिएको हो ।’

Esewa
Crest

दिव्या फामेसीले पतञ्जली उत्पादनहरु उत्पादन गर्छ। राज्यको इजाजतपत्र प्राधिकरणले बाबा रामदेवको फर्मलाई खोकी, रक्तचाप, सुगर, कलेजो, गलगण्ड र आँखाको ड्रपका लागि प्रयोग हुने १४ वटा औषधिको उत्पादन बन्द गर्न निर्देशन दिएको छ । सबै जिल्ला औषधि निरीक्षकलाई पनि आदेश पठाइएको छ।

जिल्ला औषधि निरीक्षकले रामदेव, बालकृष्ण, दिव्य फार्मेसी र पतञ्जली आयुर्वेदविरुद्ध अप्रिल १६ मा अदालतमा फौजदारी उजुरी दिएका थिए । यो जानकारी केन्द्रीय आयुष मन्त्रालयलाई पनि दिइएको छ। यसअघि अदालतले आयुष मन्त्रालय र राज्य लाइसेन्स प्राधिकरणसँग जबाफ मागेको थियो।

सुप्रिम कोर्टले हालै रामदेवलाई आफ्ना केही उत्पादनको भ्रामक विज्ञापन रोक्न निर्देशन पालना नगरेकोमा बारम्बार आलोचना गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS