IME Life New

पटक-पटक नक्कली गर्भपातको कागजात पेस गरेर बीमाको लाखौँ रकम झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनमा बीमाको रकम कुम्ल्याउन रचिएको एउटा अनौठो योजनाको फर्दाफास भएको छ। चीनको सांघाईमा बसोबास गर्ने झी थरकी एक ४२ वर्षीया महिलाले पटक–पटक नक्कली गर्भपातको कागजात पेस गरेर बीमा कम्पनीहरुबाट लाखौँ रकम दाबी भुक्तानी लिएको खुलासा भएको हो।

मातृत्व बीमा लाभ पोलिसीअन्तर्गत झीले पटक–पटक नक्कली गर्भपातको कागजात पेस गरेर ६६ हजार २०० युआन ( करिब साढे १२ लाख रुपैयाँ) दाबी भुक्तानी लिएकी हुन्। झी उच्च आम्दानी भएकी महिला हुन्। एउटा विदेशी कम्पनीमा काम गरेर उनले मासिक ३० हजार युआन तलब पाउँछिन्।

Esewa
Crest

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार उनले टेलिकम्युनिकेस र कम्प्युटर साइन्सको पढाइ पूरा गरेकी छन्। झी कार्यरत कम्पनीले नै महिला कर्मचारीहरुको मातृत्व बीमा लाभ कार्यक्रमअन्तर्गत बीमा गरिदिने गरेको छ। त्यही कार्यक्रमअन्तर्गत झीले बीमा गराएकी थिइन्। यो बीमा योजनाअन्तर्गत महिलाहरुलाई औषधोउपचार खर्च बीमा कम्पनीले व्यहोर्छ।

दुई वर्षअघि झीको साँच्चिकै गर्भपात भएको थियो। त्यो बेला उनले बीमा दाबी भुक्तानी पाएकी थिइन्। गत डिसेम्बरमा त्यही पहिलाको घटना याद गर्दै बीमाको रकम पाउन उनले नक्कली गर्भपातको योजना बुनिन्। आफ्नो कम्प्युटरसम्बन्धी सीपको मद्दतले उनले नक्कली गर्भपातको कागजपत्र, अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजपत्र तयार गरेर दुईवटा अनलाइन बीमा दाबी गरिन्। उनले यी दुई दाबीबाट ६६ हजार २०० युआन पाउन सफल भइन्। त्यसपछि अरुले थाहा पाउने डरले उनले कागजी र डिजिटल रेकर्डहरु सबै मेटिदिइन्।

यो वर्षको सुरुआतमा पनि झीले फेरि त्यस्तै नक्कली गर्भपातको कागजपत्र पेस गरेर ४० हजार युआन बीमा दाबी गरिन्। दुर्भाग्यवश यो दाबी रद्द भयो। गत फेब्रुअरीमा उनले साँच्चिकै पहिलो सन्तानलाई जन्म दिइन् र फेरि मातृत्व बीमा लाभअन्तर्गत दाबी पेस गरिन्। त्यतिबेला भने उनी फन्दामा परिन्। बीमा अधिकारीहरुले झीले अहिलेसम्म ५ पटक नक्कली गर्भपातको कागज पेस गरेर बीमा दाबी भुक्तानी लिएको पत्ता लगाए। अनि बीमा नियामकले झीविरुद्ध प्रहरीमा उजुरी दियो।

प्रहरीमा उजुरी परेपछि झी आफैँले आत्मसमर्पण गरेकी छन्। उनले बीमा धोकाधडीबाट असुलको रकम पनि फिर्ता गरेकी छन्। सांघाईको अदालतले पनि झीलाई दोषी ठहर गर्दै गत अगस्ट १६ मा डेढ वर्ष कारावासको सजाय सुनाएको थियो। उनी हाल कारागारमा छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS