IME Life New

न्यून आय भएका घरपरिवारलाई सुरक्षित घर निमार्णको लागि सहुलियत कर्जा प्रदान गर्दै कामना सेवा बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


कामना सेवा विकास बैंकले न्यून आय भएका १ सय घररपरिवार लाई सुरक्षित घर निर्माणको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ ।

कामना सेवाविकास बैंक, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुहको सहकार्यमा पोखरा लेखनाथ महानगरपालिका क्षेत्र भित्र रहेका न्यून आय भएका १०० घरपरिवारका लागि सुरक्षित घर निमार्णको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने त्रिपक्षिय सम्झौता भएको हो ।

Esewa
Crest

उक्त सम्झौतामा पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख मानबहादुर जि. सी. तथा प्रशासकिय अधिकृत शेष नारायण पौडेल, बैंकको र्तफबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुमन्तिको आवासको लागि सहयोग समुहको तर्फबाट लजना मानन्धरले संयुक्त रुपमा हस्ताक्षर हस्ताक्षर गरेका छन् ।

पोखरा महानगरपालिकाको सभाहलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडाध्यक्ष तथा सचिवहरु, बैंकका संचालक द्वय चतुराखर अधिकारी र देव कृष्ण काफ्ले, बैंकका उच्च पदस्थ कर्मचारीहरु, महानगरपालिकाका कर्मचारीहरु, पत्रकार तथा विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा शाखा मार्फत आफना गा्रहकहरु लाई सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS