IME Life New

नोबेल शान्ति पुरस्कारका लागि विश्वकै धनीव्यक्ति एलन मस्कको मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपेली संसद (एमईपी) का स्लोभेनियाली सदस्य ब्रान्को ग्रिम्सले सन् २०२५ को नोबेल शान्ति पुरस्कारका लागि विश्वका सबैभन्दा धनीव्यक्ति र टेस्ला, स्पेसएक्स तथा एक्सजस्ता कम्पनीका मालिक एलन मस्कलाई आधिकारिक रुपमा मनोनयन गरेका छन्।

ग्रिम्सका अनुसार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मस्कको निरन्तर प्रयास र विश्व शान्तिका लागि उनको योगदानलाई मान्यता दिन यो मनोनयन गरिएको हो । ब्रान्को ग्रिम्सले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता र शान्तिको मौलिक मानवअधिकारको निरन्तर समर्थन गर्दै आएका एलन मस्कलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्ने आज सफलतापूर्वक प्रस्ताव गरिएको छ।’

Esewa
Crest

यस मनोनयनमा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै ग्रिम्सले भनेका छन्, ‘यस चुनौतीपूर्ण परियोजनामा सहयोग गर्ने सबै सह–प्रस्तावकर्ता र सहकर्मीलाई हृदयदेखि धन्यवाद।’

मनोनयनको यो खबरपछि एलन मस्कका समर्थकमा ठूलो उत्साह देखिएको छ। डोजेक्वाइन क्रिप्टोकरेन्सीसँग सम्बद्ध एक डिजाइनरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासको कदर गर्दै ऐन मस्कलाई २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ।’

नोबेल शान्ति पुरस्कारको छनोट प्रक्रिया निकै कठोर र विस्तृत छ। मनोनयनको अन्तिम मिति जनवरी ३१ हो र मनोनयन सामान्यतया मध्य अक्टोबरमा सुरु हुन्छ। म्याद सकिएपछि नोबेल कमिटीमा फेब्रुअरीको मध्यमा मूल्यांकनका लागि मनोनयन पेस गरिन्छ।

त्यसपछि समितिले सबै मान्य मनोनयनहरुको समीक्षा गर्छ र थप छानबिनका लागि उम्मेदवारहरुको छोटो सूची तयार गर्दछ। यस चरणमा स्थायी सल्लाहकार र अन्तर्राष्ट्रिय विशेषज्ञको विशेषज्ञ रिपोर्टहरु विचार गरिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS