IME Life New

नेस्लेको दुई उत्पादनमा अत्याधिक चिनी, बालबालिकामा मोटोपन बढ्ने खतरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यून आय भएका देशहरुमा नेस्लेको बच्चासँग सम्बन्धित दुई उत्पादन सेरेलक र मिल्क पाउडरमा उच्च मात्रामा चिनी पाइएको छ। नेस्लेका उत्पादनहरुमा चिनीको मात्रा बढी पाइने देशहरुमा भारत पनि परेको छ। स्विडेनको संस्था पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फुड एक्सन नेटवर्कको प्रतिवेदनमा यो दाबी गरिएको हो। यी नेस्ले उत्पादनहरु बच्चाहरुले उपभोग गर्नका लागि हुन्।

यी दुवै उत्पादन नेस्ले कम्पनीको आफ्नै देश स्विट्जरल्यान्डमा बिनाचिनी बिक्री भइरहेको प्रतिवेदनमा उल्लेख छ। पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फुड एक्सन नेटवर्कले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेच्ने नेस्ले उत्पादनहरुलाई परीक्षणका लागि बेल्जियमको प्रयोगशालामा पठाएको थियो। पब्लिक आईको रिपोर्टअनुसार सेरेलकको एक डोजमा औसत ४ ग्राम चिनी रहेको र यो ६ महिनासम्मका बालबालिकालाई दिइन्छ। भारतमा दिइएको सेरेलकको एक डोजमा ३ ग्राम चिनी पाइएको छ।

Esewa
Crest

गार्डियनसँग कुरा गर्दै नेस्लेका प्रवक्ताले भने, ‘हामी बालबालिकाको वृद्धि र विकासका लागि हाम्रा उत्पादनहरुको गुणस्तरमा ध्यान केन्द्रित गर्छौं ता कि बालबालिकाको उचित वृद्धि र विकास सुनिश्चित गर्न सकियोस्।’ नेस्लेले बेबी फुड बजारको २० प्रतिशत ओगटेको छ र कम्पनीको मूल्य ७० अर्ब डलर छ। नेस्लेले सन् २०२२ मा भारतमा २५ करोड डलर कमाएको छ।

प्रतिवेदनमा नेस्लेले दोहोरो मापदण्ड अपनाइरहेको दाबी गरेको छ। नेस्लेका उत्पादनमा चिनीको मात्रा बढी भएकाले बालबालिकामा मोटोपना बढ्ने खतरा छ। नेस्लेको सेरेलाक र दूध पाउडर गरिब देशहरुमा सबैभन्दा धेरै बिक्री हुने बेबी फुड उत्पादनहरु हुन्। पब्लिक आईको अनुसन्धानले नेस्लेले न्यून आय भएका देशका बालबालिकामा मिठाईको लत सिर्जना गरेको दाबी गरेको छ।

विश्व स्वास्थ्य संगठनले सानै उमेरमा चिनीको सेवनले मोटोपनाजस्ता रोग लाग्ने खतरा बढ्दै गएको चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघको एजेन्सीले सन् २०२२ सम्ममा साना बालबालिकाका लागि प्रयोग गरिने चिनीमा प्रतिबन्ध लगाउन माग गरेको छ।

नेस्लेले सार्वजनिक रुपमा जारी गरेको विज्ञापनमा भने बालबालिकालाई चिनीयुक्त उत्पादनहरु खुवाउन नहुने पनि दाबी गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS