IME Life New

नेशनल लाईफ इन्स्योरेन्सद्धारा आयोजना गरेको दुई दिने स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


राम प्रसाद खत्री स्मृती प्रतिष्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स क.लि. को सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्गमा.बि.को भवनमा २६ गते देखि सुरु भएको दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.ली, तिलोत्तमाआंखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि का चिकित्सकहरुको संयुक्त रुपमा सेवा प्रदान गरेको थियो ।

Esewa
Crest

सात वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमा सो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दुअप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांत निकालेको कम्पनीले बताएकाे छ ।

उक्त कार्यक्रम मार्फत लगभग २२ लाख बराबरको निशुल्कऔषधी समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS