IME Life New

नेशनल लाईफद्धारा घातक रोग बापतको २० लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक कम्पनीका बीमित पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

गुरुङले नेशनल लाईफ इन्सोरेन्स कम्पनिमा २०७७ असोज महिनामा संजीवनी सावधिक अमृत बीमा गरेका थिए । उनले २०७७ चैत्रमा फस्ट हार्ट अट्याक भै मणिपाल शिक्षण अस्पतालमा उपचार गरि पूर्ण स्वास्थ्य लाभ लिएका थिए ।

Esewa
Crest

सो कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै लेखनाथ उधोग बाणिज्य संघका बरिस्ठ उपाधक्ष्य छत्र धर आत्रेयले जीवन बीमा जोखिम व्यवस्थापन को एक मात्र माध्यम भएको र पछिल्लो दिनमा घातक रोगहरुको उपचार सहज होस भनी ठुलो धनराशी उपचार बापत दिने यस पद्धतिले आम जनता लाइ रोगको उपचार गर्न निकै सहयोग पुर्यायको बताए । उनले जीबन बीमा बचत मात्र नभई बीवनको सर्वोत्तम सम्पति भएकोले सबै लाइ जीवन बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा कम्पनीका लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले बीमित बिजय गुरुङलाइ कम्पनीले घातक रोग बापतको २० लाख भुक्तानी गरे पनि जीवन बीमाको करार समाप्त नभएको र उनले बीमाा अबधि समाप्ति पछी पनि मूल रकम र बोनश पाउने जानकारी दिदै व्यस्त जिबन शैली, अस्वस्थकर खानपिन को कारण लाग्ने घातक रोग को खर्चिलो उपचार पद्धती लाइ सामान्य मानिसले आफु अनुकुल बनाउन आजको दिनमा घातक रोग लाभ सहितको जिबन बीमा सबैका लागि अपरिहार्य भएकाले सबैलाई जीवन बीमा गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS