IME Life New

नेशनल लाईफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न,नयाँ बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही पुस २ र ३ गते पोखराको ग्रयान्डी होटलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरेकी हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा देशभरबाट आथिृक वर्ष २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका हुन् । यसै गरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियर पर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्य लक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशै भरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरिन् । उनले कम्पनीको हालसम्मको समग्र वित्तीय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने विचार व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले एक नँया बीमालेख जीवन श्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै नँया बीमा योजनावाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ती पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबध हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउदै कम्पनीको व्यवसायिक उचाई अझ नँया ठाँउमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उपस्थित लिडरहरुको कार्यक्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ मुम्बई, इन्डिया स्थित सुप्रसिद्ध प्रशिक्षक विजय कुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS