IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा हुदै,लगानीकर्ताले १३ दशमलव ५ प्रतिशत बोनस सेयर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल लाइफ इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर पारित गर्दैछ ।

कम्पनीले केन्द्रीय कार्यालय, लाजिम्पाटमा आज वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले चैत १ गते देखि १५ गते सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार फागुन ३० गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Esewa
Crest

साधारण सभाले ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गरी जारी पूँजी ४ अर्ब पुर्याउने तथा हाल कायम रहेको संस्थापक समूह क र विदेशी लगानीकर्ता समूह ख लाई एउटै समूह क मा राख्ने र ख हटाउने प्रस्ताव पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS