IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ५७ हजार १९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न योग्य लगानीकर्ताले माघ ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थान तथा सकलन केन्द्र० हरु एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर, थापाथली, काठमाडौ, शाखा कार्यालयहरु क्रमश विराटनगर३, मोरङ्ग, आदर्शनगर, वीरगंज, पर्सा, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रचोक, सुर्खेत हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS