IME Life New

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५१ लाख रुपैयाँ अर्थमन्त्रीलाई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम उपचार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेकोे छ । शुक्रबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रण तथा उपचार कोषमा सामाजिक उत्तर दायित्व अन्तर्गत ५१ लाख रुपैयाँ अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा सिंहले अर्थमन्त्री डा. युवराज खतिवडालाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष एवं कम्पनीकी संचालक भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।

नेशनल लाईफ इन्स्योरेन्सले कोरोना महामारीको समयमा डिजिटल कार्यालयमार्फत जीवन बीमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS