IME Life New

नेशनल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनश दर, न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर सार्वजानिक गरेको छ । कम्पनीले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने भएको छ ।

गत आर्थिक वर्ष २०७४ ७५को लेखाजोखा र दायित्व मूल्याँकन सम्बन्धि बिमाङकीय प्रतिवेदन बिमा समितिबाट स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ६३ रुपैयाँ, २० देखि २५ वर्षको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ६४ रुपैयाँ र २६ वा सोभन्दा माथि वर्षको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ८२ रुपैयाँ बोनश दर दिने भएको छ ।

त्यस्तै ५ वर्षदेखि १४ वर्ष अवधिको अग्रिम भुक्तानी सावाधिक जीवन बीमा योजनामा ६२ रुपैयाँ, १५ देखि १९ र २० वा २० भन्दा माथि अवधिको लागि ६३ रुपैयाँ बोनश दर दिने भएको छ ।

त्यसैगरी ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ६३ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ६४ रुपैयाँ र २६ वा सो भन्दा माथि अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ८२ रुपैयाँ बोनश दर दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS