IME Life New

नेशनल लाइफले दियो दुई परिवारलाई बीमा वापतको २७ लाख रुपैयाँ दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको दिक्तेल शाखाले एकै दिन दुई परिवारलाई बैदेशिक रोजगार मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले दुई घर परिवारलाई बीमा वापत २७ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

कम्पनीले खोटाङ जिल्ला दिप्रुङ चुइचुम्वा गाउँपालिका घर भई बैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका दिनेश दर्जीको २०७८ जेठ २८ गते निधन भएको थियो । सोही परिवारलाई परिवारलाई १४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

बीमा वापतको रकम बुवा रण बहादुर दर्जी तथा आमा हिरादेवी सुनामलाई शाखा प्रमुख नविन श्रेष्ठले १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, कम्पनीले खोटाङ जिल्लाकै साकेला गाउँपालिका–१, बाँझे च्यानडाँडा स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा दुबईबाट फर्र्केर नेपालमै काम गर्ने सिलसिलामा सुनसरीको बराह क्षेत्रमा सवारी र्दुघटनामा परी गत जेठ १७ गते निधन भएका विष्णु कुमार बस्नेतको परिवारलाई दाबी वापतको रकम दिएको हो ।

उनको बुबा तिख बहादुर बस्नेत र आमा कुमारी बस्नेतलाई म्यादी जीवन बीमा बापतको १३ लाख रुपैयाँको चेक शाखा प्रमुख नविन श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS