IME Life New

नेशनल लाइफको नयाँ शाखा कोहलपुरमा, नयाँ बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल ललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुर शाखाको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कोहलपुर शाखा कार्यालयको उद्घाटन गरेका छन् । कोहलपुर शाखा कम्पनीको १०० औँ शाखा कार्यालय हो ।

साथै कम्पनीले शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा  नयाँ बीमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी /आजीवन बीमा योजना सञ्चालनमा ल्याएको छ ।

Esewa
Crest

बीमा समितीको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराए । बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे ।

बार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जि¬वी चापागाईले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजीको एकिकृत गरी बीमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको प्रस्ट पनरे विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भएपनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बीमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS