IME Life New

नेरुडेले कोभिड प्रभावितलाई प्रदान गर्यो व्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभीड–१९ को कारण प्रभावित ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट दिएको छ । संस्थाले ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले २०७८ जेष्ठ १६ गतेदेखि अषाढ मसान्त सम्म साँवा, व्याज वा व्याज मात्र भूक्तानी गरेमा भूक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुरुप वित्तिय संस्थाले उक्त मितिमा साँवा, व्याज वा व्याजमात्र भूक्तानी गरेका आफ्ना ग्राहक सदस्यहरुलाई ९९ लाख ९७ हजार ७०८ रुपैया व्याज छुट दिएको जनाएको छ । कोरोनाको कहरबाट आक्रान्त भएको बेला व्याज छुटले   केही हद सम्म भए पनि सहुलियत भएको ग्राहक सदस्यहरुले जनाएका छन् ।

Esewa
Crest

प्रदेश नं. १ को विराटनगरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले २०७८ अषाढ मसान्त सम्म विभिन्न ३१ वटा जिल्लाका ९९ वटा कार्यालय मार्फत १ लाख ४८ हजार ३२ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS