IME Life New

नेफ्स्कूनले गर्यो दुई बीमा कम्पनीसँग सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफु अन्तर्गतका साकोसहरुलाई लक्षित गरी दुई बीमा कम्पनीसँग सहमति गरेको छ ।

नेफ्स्कूनले सिटिजन लाइफ इन्स्योरेन्ससँग जीवन र प्रभु इन्स्योरेन्ससँग निर्जीवन बीमा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेको हो ।

Esewa
Crest

संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलबीच संघमा आवद्ध संस्थाका सदस्यहरुको जीवन बीमा सम्बन्धी संयुक्त कार्य गर्ने गरी द्विपक्षीय सहमति भएको हो ।

त्यसैगरी संघ र प्रभु इन्स्योरेन्स कम्पनीबीच निर्जीबन बीमा सेवामार्फत आवद्ध सदस्य संस्थाहरुको धन सम्पत्ती तथा धितो सुरक्षणका लागि सदस्यहरुलाई निर्जिबन बीमा सम्बन्धमा सचेत गराउने उद्देश्यसहित सहमति भएको हो ।

 यस सहमतिबाट ग्रामीण क्षेत्रसम्म सदस्य संस्थाहरुमार्फत बीमाको पहुँच विस्तार गरी सदस्य र संस्थाहरुको जीवन सुरक्षा र दीगो विकासमा सहयोग पुग्ने विश्वास दुबै पक्षले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS