IME Life New

नेप्से परिसूचक १.४३ अंकले घटेर ११८९ को बिन्दुमा ,जीवनबीमा उपसूचक ३ .६४ अंकले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ:नेप्से परिसूचक साताको पहिलो  दिन आईतबार १ दशमलव ४३ अङ्कले घटेर ११८९ दशमलव ८८ अङ्कमा बन्द भएको छ। कारोबार रकम १६ करोड ७० लाख पुगेको छ। आज सबै भन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज उत्पादनमूलक क्षेत्रका परिसूचक सबै भन्दा धेरै ० दशमलव ९१ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै अन्य क्षेत्रमा वृद्धि भएको छ।

Esewa
Crest

अन्य क्षेत्रको परिसूचक ० दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।आज बिकास बैक, होटल, माईक्रोफाइन्स जीवनबीमा कम्पनी र अन्य क्षेत्रको उपसुचकमा मात्र वृद्धि देखिएको छ। आज सबै भन्दा धेरै सानीमा माई हाईड्रोपावर ८० लाख ९४ हजार बराबरको शेयर किन बेच भयो।

आज सबै भन्दा धेरैे सिटी एक्सप्रेस  फाइनान्सको  सेयरमा ९.८२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै आईएमई जनरल इन्स्योरेन्सको शेयर ५ दशमलव ३० प्रतिशतले घट्न पुग्यो। आज निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलब ५३ प्रतीशतले घटेको छ भने ५ हजार ८ सय १९ को विन्दुमा कारेबार बन्द भएको छ ।

यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ०.०६ प्रतीशतले बढेर ५ हजार नौ सय ५३ विन्दुमा पुगेको छ आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १ करोड ५३ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुको ६३ लाख ५ हजार बराबरको कारोबार भएको छ । साताको पहिलो दिन शेयरबजारमा जीवनबीमामा केही सुधार आएको छ ,  बजार अझ सुस्त रहेकोछ , कारोबार रकम अझै बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS