IME Life New

नेप्सेमा बीमा कम्पनीको ३१%ले बढ्यो बजार पुँजीकरण, अन्य समूहको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सबै क्षेत्रको बजार पुँजीकरण बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा ३१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भदौसम्म बीमा कम्पनीहरुको बजार पुँजीकरण ४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको भदौसम्म बढेर ६ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

Esewa
Crest

यो १ वर्षको अवधिमा वित्त समूहका लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। यो समूहको बजार पुँजीकरण ८६.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भदौसम्म वित्त समूह बजार पुँजीकरण ५४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ खर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

यसैगरी जलविद्युत समूहको बजार पुँजीकरण ७४.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भदौसम्म जलविद्युत समूहको कुल बजार पुँजीकरण ३ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ६ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै अघिल्लो वर्ष भदौसम्म पछिल्लो १ वर्षको अवधिमा बजार पुँजीकरण उत्पादन तथा प्रशोधनको पुँजीकरण ६३.८ प्रतिशत, लगानी समूहको ६१.३ प्रतिशत, अन्य समूहको ५७.६ प्रतिशत, लघुवित्त समूहको ४०.४ प्रतिशत, विकास बैंकको ३७.३ प्रतिशत, व्यापार समूहको २१ प्रतिशत र होटेल समूहको १७.५ प्रतिशतले बढेको छ।

यो १ वर्षको अवधिमा बैंकिङ समूहको बजार पुँजीकरण भने १५.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकिङ समूहको बजार पुँजीकरण ९ खर्ब ७१ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ११ खर्ब २० अर्ब ६३ करोड रुपैयाँमा खुम्चिएको छ।

पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण ३८.६ प्रतिशतले बढेर ४१ खर्ब ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भदौसम्म नेप्सेको बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३३ करोड रुपैयाँ थियो।

नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २७.३ प्रतिशत, विकास बैंक समूहको ४.६ प्रतिशत, फाइनान्स कम्पनी समूहको २.५ प्रतिशत, लघुवित्त समूहको ९.१ प्रतिशत, बीमा कम्पनी समूहको १५.१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४.८ प्रतिशत, होटेल समूहको २.८ प्रतिशत, व्यापार समूहको ०.५ प्रतिशत, लगानी समूहको ८.१ प्रतिशत, जलविद्युत समूहको १५.१ प्रतिशत र अन्य समूहको ९.३ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS