IME Life New

नेप्सेमा देखिएको अनलाइन प्रणालीको समस्या बारे छानविन गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वुधवार अनलाइन प्रणालीमा समस्या देखिएको समस्या प्रति धितोपत्र बोर्डको ध्यानकर्षण गराउँदै छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

संघले वुधवार एक विज्ञप्ति जारी गर्दै २०७७ श्रावण २१ गते (वुधवार) अनलाइन प्रणालीमा देखिएको समस्याप्रति संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै अनलाइन प्रणालीमा देखिएको समस्याको छानबिन र आगामी दिनमा यस्ता घटनाहरूको पुनरावृत्ति नहुने प्रत्याभूति आम लगानिकर्ताहरूमा तत्काल गर्न बोर्ड समक्ष माग समेत गरेको छ ।

Esewa
Crest

नियमित समय भन्दा ४५ मिनेट पछि कारोबार सुरु हुनु र त्यसमा पनि नेपाल स्टक एक्सचेन्जको वेवासईटमा टिएम एसमा फरक फरक ईण्डेक्स देखिनु र कुनैमा बढेको र कुनैमा घटेको विरोधाभासपूर्ण सूची देखिनु हुँदै सम्मको लापरवाही भएको हुँदा यस बिषयमा गम्भीर ध्यानाकर्षण हुन संघले ठहर गरेको छ ।

संघले पूँजीबजार जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने व्यक्ति वा निकायलाई संरक्षण र छुट हुनु हुँदैन भन्दै सहि कार्य गर्नेलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्ड दिन समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS