IME Life New

नेप्सेको निर्देशनपछि हिमाल दोलखा हाइड्रोपावरको बुक क्लोज मिति परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति परिवर्तन गरेको छ । नेप्सेले कम्पनीलाई समयमा साधारण सभा र बुक क्लोजको मिति उपलब्ध नगराएको भन्दै स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो । पछि कम्पनीले नेप्सेलाई कारण देखाई अब यस्तो गल्ती नगर्ने भन्दै माफ मागेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै भदौ ३ गते हुने वार्षिक साधारण सभाको लागि यसअघि भनेको बुक क्लोज समय त्रृटिका कारण साउन १९ गते हुन गएकाले कम्पनीको साउन १७ गते बसेको संचालक समिकिो बैठकले अब साउन २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण अब साउन २५ गतेसम्म नेप्सेमा कारोबार भए कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

Esewa
Crest

कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गरी अनुमोदन गर्नेछ । सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/ ७७ ७७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ २७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायत सो संग सम्बन्धीत अनुसूचिहरु पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/ ७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत रहेको छ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर जारी गर्न तयारी गरेको हो ।

सभाको साधारण प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ र २७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS