IME Life New

नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सेवा लघुवित्तको साधारण सभा आज जेठ २४ गते हुँदै छ । लघुवित्तको उक्त सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु गर्ने जनाएको छ । यो वर्ष संस्थाका शेयरधनीको हात खाली हुने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ ।

सभाले विन लघुवित्तसँग एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । यसका साथै यस लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

सभामा अन्य कुनै संस्थासँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS