IME Life New

नेपाल लाईफद्धारा मृतकको परिवारलाई दाबी बापतको ५ लाख ११ हजार हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सोलुखुम्बुले बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले फाल्गुण ६ गतेका दिन सोलु दुधकुण्ड नगरपालिका ७ गार्मामा विद्यालय भवन निर्माणको क्रममा मिक्चरले थिचेर ज्यान गएको सोही नगरपालिका ४ सुर्केका धन कुमार श्रेष्ठको परिवारलाई आईतबार सल्लेरीमा आयोजित एक कार्यक्रममा मृतक श्रेष्ठका पविारलाई निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले ५ लाख ११ हजार २ सय रुपैयाँको चेक हस्तान्तरण गरेकी छ ।

Esewa
Crest

मृत्यु दाबी रकम पाएपछि मृतक श्रेष्ठका छोरा बसन्त श्रेष्ठले प्राप्त रकमलाई उपयोगी काममा खर्च गर्ने बताए ।श्रेष्ठका श्रीमती रीता कुमारी श्रेष्ठले इन्स्योरेन्सबाट पाएको रकम छोराछोरीको शिक्षा दिक्षामा खर्च गर्ने बताईन् । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले अविभावक गुमाएको परिवारलाई समबेदना व्यक्त गर्दै रकम सहि कामका लागि खर्च गर्न आग्रह गरिन् ।उनले हरेक परिवारले बीमा गर्नुपर्नेमा समेत जोड दिईन।

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष मान बहादुर कटुवालले बीमाको विषयमा व्याप्त भ्रम चिर्न आवश्यक रहेको बताए ।ग्रामीण भेगमा बीमा गर्न’ भनेको काल निम्त्याउन’ जस्तो भएको भन्ने गलत बुझाई रहेकोले बीमाले भवितव्य भए परिवारलाई राहत मिल्ने, नभए बचतको रुपमा लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS