IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको १९ औं वार्षिकोत्सव सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्गत पेशागत बीमा अभिकर्ता संघ बाग्लुङको आयोजना र नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङको सहकार्यमा कम्पनीको १९ औं बार्षिकोत्सब भब्यताका साथ सम्पन्न भएको छ ।

संघले बार्षिकोत्सबको अवसर पारेर लालीगुँरास चोकमा रहेको मानव आश्रमका अनाथ बालबालिका, असहाय वृद्ध हरुलाइ खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

Esewa
Crest

वार्षिकोत्सव कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स प्रदेश नम्बर ४ का क्षेत्रीय प्रमुख सोन बहादुर आले मगरले अहिलेको अवस्थामा जिवन बीमा अनिबार्य भएकोले बीमा गरि जोखिम र बचतको फाइदा लिनुपर्नेमा जोड दिए।

यसैगरी पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय सदस्य सिनियर एजेन्सी म्यानेजर नेत्र ढकालले नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ अन्तर्गतको यस संघले बीमाको क्षेत्रमा नेपाल मै उत्कृष्ट काम गरेको बताए ।

कार्यक्रममा धौलागिरी अञ्चलका तीन वटा जिल्लाका अभिकर्ताहरुबीच गरिएको कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर घनश्याम पाण्डे, र चन्द्र गिरि, नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ प्रमुख महेन्द्र गुरुङ, म्याग्दी प्रमुख प्रकाश रेग्मी, पर्वत प्रमुख प्रनिश गिरि, मुक्तिनाथ बिकास बैंक बाग्लुङका अधिकृत डिल्लिराम लम्साल, एजेन्सी म्यानेजरहरु घनश्याम रिजाल, चन्द्रकान्त शर्मा, देबि गुरुङ,देबि लामिछाने सल्लाहकार दिपक सापकोटाको उपस्थिति रहेको थियो ।

संघले यस आर्थिक बर्षको बैशाखसम्म धौलागिरी अञ्चलबाट सर्वोत्कृष्ट दुई जना एजेन्सी म्यानेजरहरु सुमन भुसाल र याम कुमारी खत्रीलाइ सम्मान गरेको थियो ।

संघका अध्यक्ष चिरञ्जीवी रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रम निर्वाचन संयोजक बिष्णु काफ्लेको स्वागत र संघका सचीव तथा एजेन्सी म्यानेजर रामशरण पोखरेलको सन्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अवसरमा कलाकार द्वोय रिना केसि र कुशुम बुढाथोकीले गित मार्फत मनोरन्जन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS