IME Life New

नेपाल लाइफ इन्स्योरेन्स द्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले सिन्धुलिका मृतक वीमित भीमबहादुर कार्कीकी श्रीमती ज्ञानु कार्कीलाई एकमुष्ट रकम ५१ लाख ६२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

विमित परिवार लाई आइतबार सिन्धुलीमाढीमा एक औपचारिक कार्यक्रमको आयोजनामा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले उक्त चेक रकम हस्तान्तरण गरेका हुन् ।गत कत्तिक १९ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएका कार्कीले सुरक्षित जीवन वीमा अन्तर्गत २५ लाख रकम बराबरको बीमा गराएका कम्पनीले जनाएको छ । कार्कीले बीमाङ्कको प्रथम किस्ता वापत १ लाख ८४ हजार ६ सय ४० रुपैँया कम्पनीलाई बुझाएका थिए ।

Esewa
Crest

नेपाल लाईफ इन्स्योरेन्स सिन्धुली उपशाखाका प्रमुख राजेश लुइटेलका अनुसार गाउँपालिकामा दुर्घटनामा परि मृत्यु भएका विमित कार्की लाई कम्पनीले बीमाङ्क रकम वापतको २५ लाख, दुर्घटना मृत्यु लाभ वापतको २५ लाख र वोनस रकम १ लाख ६२ हजार ५ सय रुपैँया गरी एकमुष्ट रकम रु. ५१ लाख ६२ हजार ५ सय रुपैँया हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS