IME Life New

नेपाल लाइफले माघ महिनामा टार्गेट पुरा गर्नेलाई आकर्षक डायरीदेखि पल्सर बाइकसम्म दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई कम्तिमा पनि ‘नेपाल लाइफ डायरी’ दिने भएको छ । कम्पनीले तोकिएको टार्गेट पुरा गर्ने २ जना अभिकर्ताहरुलाई लक्की ड्र मार्फत १५० सिसिको पल्सर बाइक दिने भएको छ ।

माघ महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्तालाई नेपाल लाइफ डायरी दिने छ । त्यस्तै ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेलाई डायरी सहित ५२५ रुपैयाँ इन्सेन्टिभ दिने भएको छ । एक लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले डायरी सहित ९०० रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नले डायरी सहित १६५० रुपैयाँ, दुई लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले डायरी सहित २९०० रुपैयाँ इन्सेन्टिभ पाउने छन् । २ लाख भन्दा माथि प्रत्येक थप एक लाख २५ हजार रुपैयाँ बीमा शुल्कमा थप २१ सय इन्सेन्टिभ पाउने छन् । ५० हजार रुपैयाँ भन्दा माथि प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु पल्सर बाइकको लाटरी योजनामा समभागी हुन पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS