IME Life New

नेपाल लाइफले दियो शेर्पाको परिवारलाई १० लाख ४० हजार मृत्यु दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको चरिकोट उप शाखाले मृतक किर्ते शेर्पाको छोरा फुरे शेर्पालाई १० लाख ४० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

दाबी वापतको उक्त रकम कम्पनीका क्षेत्रिय प्रबन्धक दिवाकर बराल,पेशागत बीमा अभिकर्ता संघ, नेपालका केन्द्रीय सदस्य तथा नेपाल लाइफका एसएसएएम ओम के.सी तथा दोलखा जिल्लाका संघीय सांसद तथा पुर्व संचार मन्त्री पार्वत गुरुङ तथा भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर के.सीले उनको छोरालाई दिएको हो ।

Esewa
Crest

मृतक बीमित किर्ते शेर्पाले बीमाङक रकम १० लाखको बीमा गरी किस्ता रु दुई लाख २६ हजार ५ सय ८०  रुपैयाँ तिरेका थिए ।

कार्यक्रममा दोलखा जिल्लाका संघीय सांसद तथा पुर्व संचार मन्त्री पार्वत गुरुङले बीमाको माध्यमबाट देशभरका मानिसहरुको आर्थिक जोखिम हस्तान्तरण भएको छ भने हाम्रो जस्तो जिल्लामा झनै बीमाको महत्व धेरै रहेको बताएका छन् । साथै, उनले सबैले आफ्नो आम्दानी अनुसार सबैले बीमा गर्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनीधिहरु, बीमितका आफ्नताहरु, कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS