IME Life New

नेपाल लाइफले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको जोहाङ खैरेनि शाखाले सत्यवति गाउँपालिका वडा नं१,रामबारि,गुल्मी निवासि बीमित स्व. छबिकला पाण्डेको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

उनको असोज ७ गते घाँस काट्न जाने क्रममा भिर बाट खसेर मृत्यु भएको थियो । स्व. बीमित छबिकला पाण्डेले कम्पनीमा १ लाख ६८ हजार बीमाङ्कको बी गराएकी थिइन् । उनले बीमा बापत जम्मा ६ किस्ता मात्रै कम्पनीका बुझाएकी थिइन् ।

Esewa
Crest

दाबी वापत ३ लाख ९० हजार ६ सय रुपैयाँ बीमितको हकवाला श्रिमान भुवानन्द पाण्डेलाई वडाका वडा अध्यक्ष भिमलाल पाण्डे ,एजेन्सि मेनेजर शेर बहादुर कुँवर, साहायक कृष्ण प्रसाद भण्डारी, राम्बारी आधारभुत विद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डे लगायत स्थानीय बुद्धिजीबी,समाजसेवी ब्यक्तिहरुको उपस्थितिमामा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा उपशाखा प्रमुख सबिन सापकोटाले जीवन बीमाको महत्व,आवश्यकता बारे प्रकाश पार्दै मृत्यु सबैको निश्चित छ ,जीवन अनिश्चित छ ,खानपान ,यन्त्रउपकरणको प्रयोग ,असुरक्षित यात्रा, इत्यादि कारण जीवन सुबिधा सङै असुरक्षित पनि बन्दै गयकोले भबिष्यमा आइपर्ने जोखिम न्यूनीकरण गर्न बीमा अपरिहार्य रहेको बताए ।

त्यसैगरी सत्यवती वडां. १ का वडा अध्यक्ष भिमलाल पाण्डेले पनि जीवन बीमा अहिले आवश्यक्ता भइसकेकोले जीबित हुदा बुढेसकालको सहारा तथा मृत्यु पश्चात् परिवारको आर्थिक भलाइ हुने भएकाले आआफ्नो आर्थिक क्षमता अनुसार बीमा गर्नुपर्ने बिचार ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS