IME Life New

नेपाल लाइफले दशैको अवसरमा टार्गेट पुरा गर्ने अभिकर्तालाई चाँदीको सिक्कादेखि खसी उपहार दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले वडा दशै धमाका अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक गरेको छ । कम्पनीले असोज एक गतेदेखि ३१ गतेसम्म टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई चाँदीको सिक्कादेखि लोटरी मार्फत तीन वटा खसी उपहार योजना ल्याएको हो ।

कम्पनीमा कार्यरत अभिकर्ताले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमा शुल्कको आधारमा उक्त उपहार दिइने कम्पनीले जनाएको छ । १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफको कप पाउनेछन् । त्यस्तै यस महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफ कपका साथै क्याप पाउनेछन् ।

Esewa
Crest

एक लाख २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले एक थान १० ग्रामको चाँदीको सिक्का, नेपाल लाइफको एउटा कप र एउटा क्याप पाउने छन् । त्यस्तै दुई लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले एक थान १० ग्रामको चाँदीको सिक्का, नेपाल लाइफको दुई वटा कप र दुई वटा क्याप पाउने छन् । तीन लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले एक थान १० ग्रामको चाँदीको सिक्का, नेपाल लाइफको तीन वटा कप र तीन वटा क्याप पाउने छन् ।

तीन लाख भन्दा माथि प्रत्येक थप ५० हजार प्रथम बीमा शुल्कमा थप ५०० रुपैयाँ इन्सेन्टिभ पाइनेछ । प्रथम बीमा शुल्क ५ लाख र सो भन्दा माथि उपलब्ध गराउने अभिकर्तालाई खसी लोटरी योजनामा समावेश गराइने कम्पनीले जनाएको छ । यस महिनामा तीन वटा खसीको लोटरी निकालिने कम्पनीले जनाएको छ ।

यस योजनामा संस्थागत अभिकर्तालाई समावेश गराइने छैन । अभिकर्ता तर्फ उक्त योजना एकल बीमाशुल्कको भार तीन प्रतिशत र यो बाहेकका अन्य एकल बीमाहरुको हकमा ५० प्रतिशत गणनाहुनेछ । यस योजनामा म्यादी जीवन बीमा बापत दिइएको प्रिमियम गणना हुने छैन । कम्पनीमा कार्यरत व्यवसाय संयोजक तथा एजेन्सी म्यानेजरहरुलाई भने विभिन्न सर्तहरुको तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS