IME Life New

नेपाल लाइफले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिएको छ । अभिकर्ताको चर्को विरोध पछि कम्पनीको  व्यवस्थापनले गत जेठ १ गते जारी गरेको सूचना अनुसारको टार्गेट फिर्ता लिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कोभिड महामारीको अवस्थामा अभिकर्तालाई सहज होस भनेर फिर्ता लिइएको जानकारी दिए ।

Esewa
Crest

बुधबार बसेको सञ्चालक समितिको बैठकले टार्गेट फिर्ता लिने निर्णय गरेको हो । अधिकाम्स व्यवसाय यहि असार महिनामा भित्रिने हुँदा पहिलाको निर्णयले व्यवसाय विस्तारमै असर पर्ने भएकाले पनि निर्णय फिर्ता लिन बाध्य भएको हो । अभिकर्ताहरुले पनि यहि असार महिनामा व्यवसाय बढाएर आफ्नो सेवा सुविधालाई निरन्तरता दिने प्रवृत्ती रहेको छ ।

कम्पनीले गत जेठ १ गते एजेन्सी म्यानेजरलाई अहिले खाइ पाइआएको सेवा सुविधाको निरन्तरताको लागि थप व्यवसाय भित्र्याउनु पर्ने व्यवस्था गरिएको थियो । एजेन्सी म्यानेजरहरुको रिन्युनका लागि आफैले पनि व्यवसाय ल्याउनु पर्ने गरी सिमा निर्धारण गरिएको थियो । विद्यमान एजेन्सी मेनेजर सम्बन्धी व्यवस्था अन्तर्गत २०७८ साल बैशाख मसान्तसम्म रिन्यु र एपोइन्ट भइसकेका एजेन्सी मेनेजरहरुको हकमा २०७८ साल असाढ मसान्तसम्मका लागि मात्रै पुरानो व्यवस्था लागु हुने अन्यथा नयाँ व्यवस्था लागु हुने भनिएको थियो । अव अभिकर्ताले पुर्ववत जे जति सुविधा लिएका थिए त्यहि नै पाउने कम्पनीले जनाएको छ ।

कम्पनी उच्च व्यवस्थापनले अभिकर्ताका लागि ठुलो खर्च हुने गरेको भन्दै खर्च कटौती गर्ने रणनीति लिएको थियो । बीमा समितिले कम्पनीहरुलाई १८ प्रतिशतको सिमा भित्र रहेर अभिकर्ताका लागि कमिसन तथा सेवा सुविधा प्रदान गर्न निर्देशन दिदै आएको छ । तर एजेन्सी म्यानेजर तहमा ठुलो रकम खर्च हुँदा १८ प्रतिशत भन्दा माथि जाने कम्पनीको ठहर छ । तर अभिकर्ताहरुका अनुसार भने कम्पनीले १८ प्रतिशत पनि खर्च गरिरहेको छैन । कम्पनीले अधिकतम मुनाफा आर्जन गरेर शेयरधनीलाई बाँड्ने रणनीति अख्तियार गरेको अभिकर्ताको आरोप छ ।

कम्पनीले यस्तो व्यवस्था गरे सँगै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ज्ञापन पत्र बुझाएको थियो । विश्व मानव जगत र नेपालमा पनि विगतका वर्ष देखि नै “covid-19” को माहामारी र अझ यसपालिको covid-19 को नयाँ भेरियन्टको कारण झनै मानव समुदाय आक्रान्त बनाइरहेको अवस्थामा अभिकर्तालाई राहात दिन छाडेर आहात दिन खोजेको अभिकर्ताको भनाइ छ । यदि कम्पनीले दिएको टार्गेट फिर्ता नलिने हो भने पोलिसी नै बिक्री गर्न बन्द गर्ने भन्दै दवाव दिदै आएका छन् । कम्पनीको फिर्ता लिने निर्णय सँगै अभिकर्तालाई केहि राहात मिलेको छ ।

नेपाल लाइफले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने

तत्काल कर्जा असुल नगर्न अभिकर्ता संघको ज्ञापनपत्र, एजेन्सी म्यानेजरको टार्गेट फिर्ता लिन माग

नेपाल लाइफले फिर्ता लिएको व्यवस्था 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS