IME Life

तत्काल कर्जा असुल नगर्न अभिकर्ता संघको ज्ञापनपत्र, एजेन्सी म्यानेजरको टार्गेट फिर्ता लिन माग

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ को माहामारीको अवस्थामा अभिकर्ताहरुसँग कर्जा असुल उपर गर्नु अमानविय भएको भन्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ज्ञापन पत्र बुझाएको छ ।

संघले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बुझाएको ज्ञापनपत्रमा नेपालको जीवन बीमाको बजारमा आजसम्म कुल बजारको ३०% भन्दा बढि हिसा ओगटन सफल भएकोमा जनताको घरदैलोमा रात दिन नभनी काम गर्न कम्पनीका अभिकर्ताहरुको योगदानलाई कदापि भुल्न नहुने भनिएको छ ।

Prabhu
Crest

विश्व मानव जगत र नेपालमा पनि विगतका वर्ष देखि नै “covid-19” को माहामारी र अझ यसपालिको covid-19 को नयाँ भेरियन्टको कारण झनै मानव समुदाय आक्रान्त भईराखेको छ । त्यस माथि स्वयं कम्पनीका शाखाहरु समेत नियमित खोल्न सक्ने अवस्थामा छैन । कम्पनीका कर्मचारी र अभिकर्ताहरु आफ्नो काममा निस्किन मिलेको अवस्था छैन । यस्तो विषम परिस्थितिमा एकले अर्कालाई सहयोग गर्नु पर्ने अवस्थामा कम्पनीले थप लक्ष्य दिनु अमानविय कमद भएको संघले जनाएको छ ।

कोभिड १९ का कारण कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुले ज्यान गुमाइरहेका छन् । कोभिड १९ को नयाँ परियन्टको संक्रमणबाट अस्पताल र घरको बेडमा छटपटाईरहेको अवस्था परिवारहरुले पिडा भोगिराखेको अवस्थामा उनीहरुको जिउ ज्यानको रक्षार्थ केहि राहतको प्याकेज ल्याउनु कम्पनीलाई सुझाव दिएका छन् ।

तर यस्तो विषम परिस्थितिमा कम्पनीले निश्चित व्यवसायिक लक्ष्य दिई सो लक्ष्य प्राप्ति भए पश्चात एक निश्चित समय अवधिको लागी व्याज सहित असुल उपर गर्ने गरी दिईएका अभिकर्ताको विभिन्न कर्जाहरु यो वा त्यो निकायको बाहना बनाई अभिकर्ताहरुलाई काममा लगाई पारिश्रमिक नदिन ५/७ वर्षका लागि दिईएको कर्जा एकै चोटी असुल-उपर गर्न खोज्नु अमानविय र नालाएकपन भएको संघको ठहर छ । यस्ता गतिविधिको तुरुन्त बन्द गर्न संघले माग गरेको छ । अभिकर्ताले आफुले पाउनुपर्ने पारिश्रमिक अविलम्ब अभिकर्ताको खातामा पठाउन माग गरेको छ ।

विगत ७/८ वर्षदेखि बीमितले पाउनुपर्ने बोनसमा एक रुपैयाँ नबढाउनु शेयर होल्डरको लाभांशमा सयौ प्रतिशतले वृद्धि गरी आम जन समुदायले रुचाएको सबै प्रकारका बीमा लेखहरु बन्द गरिनु, यसको सट्टामा हरेक बीमा लेखहरु मंहगो गरी ल्याउनु बीमितलाई बीमा लेखमा उल्लेख गरे बमोजिमको बीमा लेख कर्जा समर्पण मूल्य उपलब्ध नगराउनु जस्ता गतिविधिलाई लिएर सघंले घोर विरोध गरेको छ ।

संघले जेठ एकदेखि लागुहुने गरी एउटै कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई एक आर्थिक वर्ष भित्र फरक फरक खालको एजेन्सी मेनेजरको नियुक्ति तथा नविकरण गर्ने भन्ने ल्याएको व्यवस्था अविलम्ब खारेजीको माग गरेको छ । कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुको एक मात्र संगठन ‘पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमा समिति नेपाल लाईफले व्यवस्थापन सँग २०७२ असोज ७ गते अभिकर्ताहरुको पदोन्नतीको व्यवस्था, व्यवसाय संयोजक र एजेन्सी मेनेजरको नियुक्ति र नविकरण सम्बन्धी व्यवस्थामा सहमति र सम्झौता गरेकोमा सो व्यवस्थाको उल्लंघन गरी एक तर्फी रुपले मनोमानी रुपमा निर्णय गरेको भन्दै संघले घोर भर्त्सना गरेको छ । यदि कम्पनीले यस्तो कदम फिर्ता नलिए थप आन्दोलन र संघर्ष गर्न बाध्य हुने संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS