IME Life New

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङ लाइ २१ लाख ४६ हजार २ सय ५० रुपैयाँ दाबी भुक्तानी गरेको हो।

कम्पनीले माघ २ गते एक कार्यक्रमकाबीच पोखरा शाखा कार्यालयमा बीमितको धर्मपत्नी पवित्रा गुरुङलाइ लाइ सो दाबी भुक्तानी गरेको हो। मृतक गुरुङले प्रतिवर्ष ८५ हजार १७९ रुपैयाँ बीमाशुल्क बुझाउने गरी १० लाखको जीबन सहारा जीवन बीमा गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा निमित्त शाखा प्रमुख बिष्णु बहादुर अधिकारीले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानीलाइ उच्च प्राथमिकतामा राखेको बताउदै दुर्घटना बीमाका दावीहरु पेश भएको तीन दिन भित्र तथा प्रस्ताव फाराममा भरिएको विवरण झुटा नठहरिएका बीमालेखको दावीहरु समेत भुक्तानीमा कुनै ढिलाई नहुने बताए ।

बरिष्ठ एजेन्सी मेनेजर नेत्र प्रसाद ढकालले कम्पनी भन्दा पनि कम्पनीका अभिकर्ताहरुलाइ आफ्ना ग्राहकहरुको बारेमा पूर्ण जानकारी रहने हुँदा बीमाशुल्क तिर्न सहजीकरण गर्ने, दाबी परेको खण्डमा कागजातहरु जुटाएर समयमै कम्पनीमा पेश गराउने वातावरण मिलाउन चनाखो रहनुपर्ने र ग्राहकनै आफ्ना भगवान हुने भएकोले उनीहरुको प्रत्येक सुख दुखमा सरिक हुनुपर्ने बताए ।

कार्यक्रममा बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यो मृत्युदावी बाट प्रष्ट भएको साथै दाबी पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती पवित्रा गुरुङ तथा अन्य आफन्तले सरल, सहजरुप एव छिटो बीमा रकम उपलब्ध गराएकोमा नेपाल लाइफलाई धन्यवाद दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS