IME Life New

नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेनी उपशाखाले बीमा रकम दाबी भुक्तानी गरेको छ। पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर मृत्युदाबी रकम हस्तातरण गरिएको हो । वडा अध्यक्ष हरि विकाश जि.सी. ले बीमाङ्क तथा बोनस रकम सहित पाँच लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जिसीले जीवन बीमा अनिवार्य आवश्यकताको विषय भएकाले सबै नागरिकहरुले अनिबार्य जीबन बीमा गर्नुपर्ने बताएका थिए । बिमित परियारलाई गत मंसिरमा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सुबिधा वापतको पाँच लाख रुपियाँ घरमै पुगेर प्रदान गरेको उपशाखा प्रमुख प्रकाश रेग्मीले बताए ।f

Esewa
Crest

वडा अध्यक्ष जि.सी.को अध्यक्षता, सिनियर एजेन्सी म्यानेजर चित्रनाथ शर्माको स्वागत मन्तब्य र उपशाखा प्रमुख प्रकाश रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

त्यस्तै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा बीमा गरेका रगुगंगा गाउँपालिका–२, स्थायी घर भई बेनी नगरपालिका–८ बस्ने जीतबहादुर खत्रीलाई घातक रोग सुबिधा बापतको पाँच लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ । ११ महिना अगाडी जीबन बिमा खरिद गरेका खत्रीलाई प्याारालाईसिस भएपछी मंगलबार उनकै निवासमा पुगी कम्पनीका उपशाखा प्रमुख प्रकाश रेग्मीले चेक हस्तान्रण गरेका थिए ।

एकवर्ष भित्रै ४२ लाख ४४ हजार रुपैयाँ भुक्तानी
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बेनी उपशाखाबाट २०७८ सालको ११ महिनामा ४२ लाख ४४ हजार रुपैया दाबी भुक्तानी भएको छ । कम्पनीमा बीमालेख खरिद गरेका ६ जनाको परिवारलाई मृत्यु तथा घातक रोगको दाबी बापात सो रकम उपलब्ध गराईएको उपशाखा प्रमुख प्रकाश रेग्मीले बताए । मृत्यु दावी वापतको रकम चार जनालाई ३२ लाख ४४ हजार रुपैंया नेपाल लाईफको बेनी शाखा मार्फत भुक्तानी गरीएको छ । त्यस्तै घातक रोग वापतको क्यान्सर रोग पिडीत एक जनालाई पाँच लाख र शारिरीक रुपमा अशक्त (प्यारालाइसीस) भएका एक जनालाई पाँच लाख गरी १० लाख भुक्तानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS