IME Life New

नेपाल लाइफको संस्थापक शेयर सर्वसाधारणमा परिणत हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा परिणत गर्न लागेको हो । अब कम्पनीको शेयर संरचना ५१ः४९ कायम हुनेछ । संस्थापकतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएपनि सर्वसाधारण तर्फको हाल कायम ४० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।

Esewa
Crest

कम्पनीले हाल कायम शेयर स्वामित्व परिवर्तनको प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृत गराई २१औं वार्षिक साधारण सभाबाट पनि पारित गरिसकेको छ । यदि आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीहरूलाई आगामी ७ दिनभित्र लिखित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र आफ्नो हकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन नगर्ने भनी निवेदन नदिएका संस्थापक शेयरधनीहरूको हकको संस्थापक शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम प्रक्रिया अघि बढाईने समेत कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS